कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी



काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राविधि र अप्राविधिकतर्फ आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका अप्राविधिक/प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेको छ । योग्यता पुगेका उम्मेदवारहरूले पुस १८ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उमेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथामिकता क्रम अनुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय वा अन्तर्गतका निकाय र स्थानीय तहमा सिफारिस गरिने आयोगले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संस्थापक गभर्नरको निधनबाट अर्थतन्त्रमा ठूलो क्षतिः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका संस्थापक गर्भनर हिमालय शमशेर

म्याग्दीमा हिमपात र वर्षा नहुँदा हिउँदेबाली थाल्यो सुक्न

बेनी । यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका

दुई अर्बका होल्डिङ सेन्टर प्रयोगविहीन

काठमाडौँ । देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ

नगर उपप्रमुखको तलबभत्ता सामाजिक कार्यमा

बागलुङ । बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उपप्रमुखका लागि प्राप्त सेवा सुविधावापतको