यी हुन् अहिलेसम्मका विजयी उम्मेदवार



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यका लागि कूल एक सय ६५ मध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भने मतगणना सुरु हुन सकेको छैन । स्याङ्जा निर्वाचन क्षेत्र नं २, बाजुरा निर्वाचन क्षेत्र नं १ र दोलखा निर्वाचन क्षेत्र नं १ मा अझै मतगणना सुरु भएको छैन ।

निर्वाचन आयोगका अनुसार बिहीबार साँझ ७ः३० बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५६ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगका अनुसार नेपाली कांग्रेस १९, नेकपा (एमाले) १४, नेकपा (माओवादी केन्द्र) छ, नेकपा (एकीकृत समाजवादी) पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन, राष्ट्रिय स्वतन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दुई÷दुई तथा जनता समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टी एक÷एक स्थानमा विजयी भएका छन् ।

जारी मतगणनामा कांग्रेसले ३४, एमालेले ३३, माओवादी केन्द्रले ११, राष्ट्रिय स्वतन्त्र पार्टी छ, एकीकृत समाजवादी र जनता समाजवादीले पाँच/पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले दुई÷दुई निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन् ।

कांग्रेसबाट झापा १ मा विश्वप्रकाश शर्मा, ओखलढुङ्गा–१ मा रामहरि खतिवडा, रौतहट ४ मा देवप्रसाद तिमलसेना, पर्सा २ मा अजयकुमार चौरसिया, सिन्धुली १ मा श्यामकुमार घिमिरे, रसुवा १ मा मोहन आचार्य, काठमाडौँ १ मा प्रकाशमान सिंह, काठमाडौँ ३ मा सन्तोष चालिसे र काठमाडौँ ४ मा गगनकुमार थापा निर्वाचित भएका छन् ।

काठमाडौँ १० मा राजेन्द्रकुमार केसी, भक्तपुर २ मा दुर्लभ थापा क्षेत्री, ललितपुर १ मा उदय शम्शेर राणा, मनाङ १ मा टेकबहादुर गुरुङ, मुस्ताङ १ मा योगेश गौचन थकाली, म्याग्दी १ मा खमबहादुर गर्बुजा, सुर्खेत २ मा हृदयराम थानी, अछाम २ मा पुष्पबहादुर शाह, दार्चुला १ मा दिलेन्द्रप्रसाद बडू र डडेल्धुरा १ मा शेरबहादुर देउवा विजयी भएका छन् ।

एमालेबाट ताप्लेजुङ १ मा योगेशकुमार भट्टराई, झापा १ मा केपी शर्मा ओली, धनकुटा १ मा राजेन्द्रकुमार राई, सोलुखुम्बु १ मा मानवीर राई, उदयपुर २ मा अम्बरबहादुर रायमाझी, सिरहा १ मा रामशङ्कर यादव, पर्सा २ मा राजकुमार गुप्ता, ललितपुर ३ मा प्रेमबहादुर महर्जन, कास्की २ मा विद्या भट्टराई, पर्वत १ मा पदम गिरी, गुल्मी २ मा गोकर्णराज विष्ट, अर्घाखाँची १ मा टोपबहादुर रायमाझी, प्यूठान १ मा सूर्यबहादुर थापा र बाँके १ मा सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट खोटाङ १ मा रामकुमार राई, सिन्धुली २ मा लेखनाथ दाहाल, गोरखा २ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’, रुकुमपूर्व १ मा पूर्णबहादुर घर्ती मगर, रोल्पा १ मा वर्षमान पुन र जाजरकोट १ मा शक्तिबहादुर बस्नेत विजयी भएका छन् ।

एकीकृत समाजवादीबाट रौटहट १ मा माधवकुमार नेपाल, दैलेख १ मा अम्मरबहादुर थापा, अछाम १ मा शेरबहादुर कुँवर, बझाङ १ मा भानुभक्त जोशी र डोटी १ मा प्रेमबहादुर आले निर्वाचित भएका आयोगले जनाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा ३ मा राजेन्द्रप्रसाद लिङ्देन, बाँके २ मा धवलशम्शेर राणा र जुम्ला १ मा ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ ७ मा गणेश पराजुली, ललितपुर ३ मा तोसीमा कार्की, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्लाही १ मा रामप्रकाश चौधरी र रुपन्देही ४ मा सर्वेन्द्रनाथ शुक्ल निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीबाट पर्सा १ मा प्रदीप यादव, नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर १ मा प्रेम सुवाल, जनमत पार्टीबाट सप्तरी २ मा चन्द्रकान्त राउत, मोरङ ५ मा स्वन्तन्त्र उम्मेदवार योगेन्द्र मण्डल, रौतहट ३ मा प्रभू साह र बर्दिया २ मा लालवीर चौधरी विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटका सिद्धान्त र प्राथमिकतामा हेरफेर गर्न सुझाव आएको थियो, तर मैले त्यसो गर्नु उपयुक्त ठानिनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको कार्यकालमा तय भएका

ल्हासा–काठमाडौँ बस सेवा पुनः सञ्चालन गर्न चीन सकारात्मक

ल्हासा (चीन) । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल– चीन सीमा क्षेत्रका बासिन्दाले

अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन