सिन्धुपाल्चोक-१ बाट माओवादी केन्द्रका माधव सापकोटा विजयी


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा विजयी भएका छन् ।

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सापकोटा एमालेका सरेश नेपाललाई ३३५३ मतले पछि पार्दै विजयी भएका हुन् । सापकोटाले ३० हजार ३७४ मत प्राप्त गरे ।