बर्दिया । बर्दिया क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई १३६ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् ।
चौधरीले २६ हजार ५२० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार ३८४ मत प्राप्त गरे । यसैगरी, नेकपा (एमाले)का पंकजसिंह राठौरले १६ हजार ९० मत प्राप्त गरे । राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरे । विजयी चौधरी रेशम चौधरीका बुवा हुन् ।
रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उमेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो ।

प्रतिक्रिया