ललितपुर–१ मा कांग्रेसका राणाको अग्रता, पछ्याउँदै एमालेका सिलवाल


ललितपुर । ललितपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रस्थानमा छन् ।

निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले ११ हजार सात सय ३९ मत प्राप्त गरेका छन् ।

यता, पाँच सय ८५ मतले दोस्रो स्थानमा रहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका नवराज सिलवालले ११ हजार एक सय ५४ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले एक हजार सात सय ३४ मत प्राप्त गरेका छन् र

ललितपुर–३

ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की अग्रस्थानमा छिन् । निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उनले पछिल्लो मतगणनामा चार हजार नौ सय १० मत प्राप्त गरेका छन् ।

नेकपाका अमृत खड्काले तीन हजार आठ सय ४५ मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले दुई हजार दुई सय २८ मत प्राप्त गरेकी छन् । कूल ११ हजार आठ सय ७७ मतगणना हुँदा चार सय ३३ मत बदर भएको छ ।