नेपाली सेनाको फोटो प्रतियोगितामा गैरसैनिकले पनि भाग लिन पाउने



काठमाडौं । नेपाली सेनाले विगतमा झैँ यस वर्ष पनि फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । सेनाका विविध गतिविधिलाई तस्वीरका माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेका समयमा उपयोग गर्न सहज बनाउने उद्देश्यले ‘फोटो प्रतियोगिता–२०७९’ सञ्चालन गर्न लागिएको जनाइएको छ ।

नेपाली सेनाले विगतमा आन्तरिकरुपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकामा गत वर्षदेखि गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी प्रतियोगिता आयोजना गर्न थालेको हो ।

प्रतियोगितामा सहभागिताका लागि गैरसैनिक व्यक्तिका हकमा तस्वीरहरु आगामी मङ्सिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक वेब साइटमा अपलोड गर्नुपर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्विरहरुलाई मात्र समावेश गरिने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

त्यसबाहेक सैनिकतर्फका सात र गैरसैनिकतर्फका दुई गरी नौ वटा थप उत्कृष्ट फोटोलाई सान्त्वना पुरस्कारस्वरुप १० हजारका दरले प्रदान गरिने व्यवस्था गरिएको निर्देशनालयले एक सूचना जारी गरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना