निर्वाचनसम्बन्धीको जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न प्रधानसेनापतिको निर्देशन



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका छन् ।

रुपन्देहीको मध्यपश्चिम पृतना हेडक्वाटरर कैलाली जिल्लाको तेघरीस्थित सुदूर पश्चिम पृतना हेडक्वाटर तथा दाङ्गको रणसिंहदल गणको आइतबार निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति शर्माले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानसेनापति शर्माले निरीक्षण भ्रमणका दौरान ती पृतनाको वर्तमान अवस्था, जिम्मेवारी ईलाका, प्रदेशहरूसँगको समन्वयलगायत आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको एकीकृत सुरक्षा योजनाका साथै गणको वस्तुस्थितिका बारेमा समेत जानकारी लिए ।

उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सुरक्षार्थ कपिलवस्तु जिल्लास्थित चन्दौटा ईलाकामा नेपाली सेनाद्वारा स्थापना गरेको कम्पनी अपरेटिङ बेसको पनि निरीक्षण भ्रमण गरी आवश्यक निर्देशन दिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।