पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मान्नुपर्ने कानुन व्यवसायीको तर्क


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दामा बुधबार थुनछेक बहस नसिकएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

थुनछेक बहसको पहिलो दिन बुधबार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका कानुन व्यवसायी मुरारी सापकोटाले बताए ।

उनले करणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको बताए ।

उनले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता के लाई आधार मान्ने भन्नेबारेमा पनि वकालत बहस गरेको बताए ।

उनले आफूहरुले पीडित भनिएकी किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर वकालत गर्नुपर्नेमा जोड दिएको बताए । नागरिकता जागिर खानलाई सहज बनाउनका लागि घटाएर बनाइने प्रचलन रहेकाले जन्मदर्तालाई नै आधार मान्नुपर्ने कुरामा आफूहरुले जोड दिएको बताए ।