दुई पक्षको झडपपछि महोत्तरीमा कर्फ्यु


महोत्तरी । महोत्तरीको भगंहामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । बिहीबार बिहान दुई पक्षबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको जनाइएको छ ।