प्रधानसेनापति शर्मा र राष्ट्रसङ्घका सैनिक सल्लाहकार डोयपबीच शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे छलफल



काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपबीच भेटवार्ता भएको छ ।

आइतबार सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरुबीच भएको भेटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानबारे छलफल भयो । उनीहरुबीच आगामी दिनमा नेपाली शान्ति सैनिकको आवश्यकता र सहभागिताबारे समेत विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भेटमा जनरल डोयपले नेपाली शान्ति सैनिकले विभिन्न शान्ति मिसनमा रही पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि सोको निरन्तरता हुने विश्वास व्यक्त गरे । प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसङ्घबाट हालसम्म प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सेना अझ पेसेवर रुपमा प्रभावकारी ढङ्गबाट शान्ति मिसनहरुमा खटिने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा नेपाली सेनाले आयोजना गरेको दुईदिने विशेष कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् ।

राष्ट्रसङ्घका उच्चस्तरीय प्रतिनिधिको भ्रमण र भेटले नेपाली शान्ति सैनिकले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानको अन्तर्राष्ट्रियजगतबाट उच्च मूल्याङ्कन हुने सेनाले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको छः अध्यक्ष प्रचण्ड

मलङ्गवा (सर्लाही)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई-मधेस जागरण

नेपालमै अब केही हुन्छ भन्ने सन्देश दिन राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन

काठमाडौँ । सरकारले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ भन्ने

ज्ञानेन्द्र शाहलाई म ‘राजा’ नै भन्छुः शेखर कोइराला

झापा । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफूले राजा

दीपक मनाङेको २० प्रतिशत कैद मिनाहा गर्न जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौँ । थुनामा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङेको २० प्रतिशत