कानून कार्यान्वयनमा कठोरता अपनाउन प्रहरी महानिरीक्षकको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले निर्वाह गर्न प्रहरी संगठनलाई निर्देशन दिएका छन् ।

आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१ औँ समूहको दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटीरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए । उनले प्रहरीलाई कानूनको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन पनि निर्देशन दिए ।

उनले गैरकानूनी तथा अपराधिक क्रियाकलापबिरुद्ध निर्मम हुन पनि निर्देशन दिए । उनले भने, ‘ निष्पक्ष, शान्तिपूर्ण, भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल सरकारले नेपाल प्रहरीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ । तपाईहरु वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा खटिने मौका प्राप्त गरिसक्नुभएको छ । आगामी निर्वाचनमा पनि आफूलाई प्राप्त जिम्मेवारीलाई निष्पक्ष, त्रुटीरहित तवरले सम्पन्न गर्न यसै अवसरमा निर्देशन गर्न चाहन्छु । कानूनले निर्दिष्ट गरेको परिधिभित्र रही अपराध अनुसन्धान र कानून कार्यान्वयनमा कठोरता अपनाउन म निर्देशन गर्न चाहन्छु ।’

उनले ‘चेन अफ कमाण्ड’ नेपाल प्रहरीले अवलम्वन गर्दै आएको व्यवसायिक संस्कृति भएको उल्लेख गर्दै यसको परिधिभन्दा बाहिर नजान आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना