पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्था जानकारी दिने क्यामेरा जडान



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित मोहरेडाँडामा पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्थाबारे जानकारी दिने क्यामेरा जडान भएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रले समुद्री सहतदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मोहरेडाँडामा क्यामेरा जडान गरेको हो । केन्द्रका अध्यक्ष महावीर पुनले पोखरा–जोमसोम हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट नै हेर्न मिल्ने गरी क्यामेरा जडान गरिएको जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले जडान गरेको क्यामेरा परीक्षणका क्रममा छ । “तीन हजार तीन सय मिटर र दुई हजार तीन सय मिटर अग्लो डाँडामा क्यामेरा राखिएको छ”, उनले भने, “क्यामेराले हवाई मार्गमा पर्ने भूगोलमा खिच्ने ताजा दृश्य पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट अवलोकन गर्न सकिन्छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा क्यामेरा जडान गरिएको पुनले बताए । क्यामेरा र कन्ट्रोल रुमलाई इन्टरनेटको लिङ्कबाट जोडिएको छ । चारैतिरको दृश्य हेर्न मिल्ने गरी क्यामेरा राखिएको ठाउँमा वल्र्ड लिङ्क कम्युनिकेसनले निःशुल्क इन्टरनेट प्रदान गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा आविष्कार केन्द्रले देशका अरू पनि जोखिमपूर्ण ठाउँमा पनि यस्तै क्यामेरा राख्न अध्ययन गरिरहेको पुनले बताए ।

पोखरा–जोमसोम हवाई मार्गमा पर्ने म्याग्दी खण्डको मौसमका बारेमा स्थानीयवासीलाई फोन गरेर जानकारी लिने गर्दछन् ।

यो मार्गमा पछिल्लो आठ वर्षको अवधिमा भएका दुईवटा हवाई दुर्घटनामा ४५ जनाको ज्यान गएको छ । गत जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

विसं २०७२ फागुन १२ गते पोखरादेखि जोमसोम जाँदै गरेको तारा एयरकै अर्को जहाँज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सोलीघोप्टेमा पहाडमा ठोक्किँदा २३ जनाको ज्यान गएको थियो ।

खोंचमा रहेको म्याग्दी खण्डको उडानका क्रममा टावरसँग सम्पर्क नहुने, मौसमको अवस्था छिनछिनमा परिवर्तन हुने र पूर्वजानकारी नहुँदा जोखिम थियो । जोखिम न्यूनीकरणका लागि मौसमको अवस्थाबारे जानकारी लिन क्यामेराले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धवलागिरिका दुर्गम गाउँमा सडक पहुँच

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र

छयानब्बे वर्षमा नागरिकता

बझाङ । वडाभरिकै पाको, मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया

मुक्कुम्लुङलाई राजनीतिकरण नगर्दा नै सबैको कल्याण हुन्छ

-डा. युवराज संग्रौला । पाथीभरामा केवलकार बन्ने कि नबन्ने भन्ने विवाद सांस्कृतिक द्वन्द्वमा

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

काठमाडौं । सरोकारवालाहरुले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन्