इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक सिंह भारत प्रस्थान



काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह इन्टरपोलको महासभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

भारतको नयाँ दिल्लीमा कात्तिक १ गतेदेखि ४ गतेसम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन महानिरीक्षक सिंह सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ समेत नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रवीद्रबहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।

१९५ इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुख र प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने र विभिन्न सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुमा संकल्प प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ ।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उदयपुरमा अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ

आगलागीबाट नवलपरासीको सुस्तामा तीन जना घाइते

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका

रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक

सिरहा ।  सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा

जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको छः अध्यक्ष प्रचण्ड

मलङ्गवा (सर्लाही)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई-मधेस जागरण