टीबीएमले थाल्यो सुनकोसी–मरिन डाइभर्सनको सुरुङ खन्‍न(भिडियोसहित)



सिन्धुली । सुनकोसी मरिन डाइभर्सनको सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु भएको छ । टीबीएम मेसिन जडानसँगै शुक्रबारदेखि सुरुङ खन्न थालिएको हो । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजनास्थलको निरीक्षण गरेपछि सुरुङको काम थालिएको हो ।

चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजका प्राविधिकहरुले मन्त्री भुसाल समक्ष टीबीएम मेसिन सञ्चालन गरेर देखाएका थिए । सुनकोसी मरिन डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार यो आधुनिक मेसिनको प्रविधिबाट ठेकेदार चाइना ओभरसिज कम्पनीले दुई वर्षभित्रमा सुरुङ निर्माणको काम सक्नेछ ।

मरिनबाट १३ दशमलव तीन किलोमिटर सुरुङ खनेपछि सुनकोसी गाउँपालिकाको कानढुंग्री नजिक सुनकोसी नदीमा पुग्नेछ । यो तामाकोसी र सुनकोसी नदीको संगमस्थल त्रिवेणीभन्दा सात सय मिटर तलपर्छ । टीबीएम मेसिनमार्फत ५–५ डायमिटरको पानी बग्ने सुरुङ रहने गरी ६–६ डायमिटर खनिने छ ।

आयोजनाका अनुसार सुनकोसीमा १२ मिटर उचाइको बाँध निर्माण गरी नदीको पानी १३ दशमलव तीन किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ ।

त्यहाँ ६६ मिटर हेटेडबाट पानी झारेर ३१ मेगावाट विद्युत उत्पादन गरिने छ । सुनकोसीको पानीलाई मरिन खोलामा झारेपछि विद्युत उत्पादनसँगै तराईका जिल्ला रौतहट, बारा, धनुषा, महोत्तरी र सर्लाही जिल्लामा एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,