डेङ्गु संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु



चितवन । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुका कारण मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गु पुष्टि भएको थियो ।

उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुका कारण मृत्यु भएको थियो । जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्थानीयको स्वीकृति लिएर मात्रै पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्न सांसदहरुको माग

काठमाडौं ।  राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना

रविको बचाउदेखि सरकारको कामको कटाक्षसम्म, यस्तो छ संसदमा प्रचण्डको सम्बोधनको पूर्णपाठ

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठकमा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस

  काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले  पानी

पुनर्निर्माणका लागि श्रोत खै ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका