तीन वर्षपछि क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ उडान सुरु गर्दै



काठमाडौं । कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान सुरु गर्ने भएको छ ।

कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–काठमाडौँ उडान तीन वर्षपछि पुनः सुरु हुन लागेको हो । उक्त कम्पनीले १ अक्टोबर अर्थात् यही असोज १५ गतेदेखि काठमाडौँ–हङकङ रुटमा उडान गर्नका लागि पत्र पठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

उनले भने, “क्याथे प्यासेफिकले हङकङ–काठमाडौँ पुनः उडान गर्न पत्र पठाएको छ, कोरोनाले स्थगित भएको हङकङ–काठमाडौँ उडान पुनः सञ्चालन हुने छ ।”

कोभिड–१९ का कारण क्याथे प्यासेफिकले विगत तीन वर्षदेखि काठमाडौँ–हङकङ उडान रोकेको थियो । हङकङमा नेपाल एयरलाइन्सले भने नियमित उडान गरिरहेको छ । उक्त कम्पनीले हरेक शनिबार साताको एक उडान गर्ने गरी काठमाडौँका लागि योजना बनाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारका अमिरको भ्रमणबाट पर्यटन व्यवसायी उत्साहित

काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र