काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि खनालले एमाले प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए । खनाल जनता समाजवादी पार्टी (जसपा)का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए । त्यतिबेला जसपाले आफ्ना सांसदलाई अपहरण गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया