मोहम्मद हत्याको घटनाबारे छानबिन गर्न विशेष समिति गठन


काठमाडौं । काठमाडौंको गोठाटार गोलीकाण्डको अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ । मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)जनक भट्टराईको नेतृत्वमा समिति गठन गरिएको हो।

समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द र साइबर ब्यूरोका एकजना अधिकृत पनि रहेका छन् ।

प्रहरीले यस घटनाको अनुसन्धान जटिल बनेपछि विशेष समिति गठन गरेको हो।   काठमाडौंको गोठाटारमा सोमबार साँझ लाल मोहम्मदको गोली हानेर हत्या गरिएको थियो ।