गोठाटारमा गोली प्रहारबाट घाइते भएका दर्जीको उपचारका क्रममा मृत्यु



काठमाडौं । काठमाडौंको गोठाटारस्थित कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

गोली प्रहारबाट घाइते भएका सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय दर्जीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले गोली लागेर घाइते भएका दर्जीको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

गोली प्रहार गर्ने व्यक्ति फरार छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ ।

दर्जीलाई टाउकोमा दुई राउण्ड, दायाँ हातमा एक राउण्ड र दायाँ तिघ्रामा १ राउण्ड गोली लागेको थियो ।  प्रहरीले गोली प्रहारमा संलग्नको खोजी कार्य तीव्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९