नेपाल ‘अग्निपथ’ योजनामा सहभागी नभए त्यो कोटा अन्यत्रै जान्छः स्थल सेनाध्यक्ष पाण्डे



काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाल ‘अग्निपथ’ योजनामा सहभागी नभए अरुलाई नै सो कोटा दिइने बताएका छन् । युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सेनाध्यक्ष पाण्डेले यो वर्ष नेपाली युवालाई भारतीय सेनामा भर्ती नगराउने हो भने नेपालले पाउँदै आएको कोटा अरुलाई दिने बताएका हुन् ।

पाण्डेले भने, ‘नेपालमा आम निर्वाचन अघि अग्निपथबारे कुनै निर्णय हुन सक्छ जस्तो लाग्दैन।’ पाण्डे गत साता नेपाल आउँदा उनले यसबारे नेपाली पक्षलाई बताएका थिए । तर, नेपाली पक्षले भने अग्निपथ योजनाबारे पाण्डेसँगको भेटमा चर्चा भए नभएको बारे केही खुलाएन ।

अग्निपथ योजना नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता विपरित हुने भन्दै नेपालमा त्यसको विरोध भइरहेको छ । पाण्डे नेपाल आउनु अघि सरकारले नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवलाई बोलाएरै हाललाई यो योजनाबारे आन्तरिक छलफल भइरहेको र तत्कालका लागि सैनिक भर्ती रोक्न आग्रह गरेको थियो। जसकारण सेप्टम्बर अन्तिम साता हुने भनिएको ‘अग्निपथ’ योजना अन्तर्गत भर्ती क्याम्प रोकिएको थियो ।

‘अग्निपथ’ योजनालाई नरेन्द्र मोदी सरकारले भारतीय सेनामा ‘आधुनिकीकरण’को संज्ञा दिएको छ। भारतीय जनता पार्टीको सरकारले भारतीय सेनामा बढ्दो खर्चलाई घटाउने उद्देश्यले यो योजना ल्याएको हो ।

भारत सरकारले योजना घोषणाको सुरुवातमा अग्निवीरहरुको उमेर १७ वर्षदेखि २१ वर्षसम्मको हुने बताएको थियो। विरोधपछि भने उमेर हदलाई २३ वर्ष बनाइएको थियो । ‘अग्निपथ’ अन्तर्गत नै गोर्खा भर्ती भए नेपालीहरुले ४ वर्षको लागि भारतीय सेनामा काम गर्न पाउनेछन्। अनि, त्यतिबेलासम्म कमाएको रकम र निस्किँदा केही रकम लिएर उनीहरु फर्कनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोटीमा यसवर्ष आठ करोडको सुन्तला उत्पादन

  डोटी । डोटी जिल्लामा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा

नेपाल-भारत सीमा समस्या केन्द्रबाट समाधान गर्नुपर्छः अध्यक्ष नेपाल

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा

भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी