पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता



काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो ।

सहमतिपश्चात् व्यवसायीले आजैदेखि आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सञ्चालन गरेका छन् । महासङ्घले विगत लामो समयदेखि ढुवानी भाडा समयसापेक्ष वृद्धि गरिनुपर्ने माग गर्दै आएको थियो । निगम र महासङ्घबीच व्यवसायीका मागअनुरुपको ढुवानी भाडा वृद्धिसम्बन्धी प्रस्तावलाई जतिसक्दो छिटो कार्यान्वयन गर्ने सहमति भएको छ । भाडा वृद्धिसम्बन्धी प्रस्ताव निगमको सञ्चालक समितिमा पेश भइसकेको छ ।

यसैगरी नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले राखेका मागका सम्बन्धमा महासङ्घको प्रतिनिधिसहित सम्बन्धित सङ्घ तथा सङ्गठनको प्रतिनिधिको उपस्थितिमा आवश्यक छलफल गरी उचित सम्बोधन गर्ने सहमति भएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४५ लाखको चेक र चार लाख घुससहित दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५४ लाख भन्दाबढी नगद र चेकसहित

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

गुलरिया (बर्दिया) । बर्दियामा हात्तीको आक्रमणमा परी सोमबार एकको मृत्यु भएको छ भने

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

मान्म (कालीकोट) । कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र

विमानस्थललाई हेरेर लगानी गरेका पोखराका पर्यटन व्यवसायी निराश

गण्डकी । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान हुन