महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री बेलायत जाने


काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायणका खड्का बेलायत जाने भएका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भदौ २३ गते निधन भएको महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ।