काठमाडौं । जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा समस्या आएपछि उडेको १५ मिनेटपछि काठमाडौंमै फर्किएको छ ।
मंगलबार राति १० बजेर ३५ मिनेटका लागि जापानको नारिताका लागि उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छाडेको १५ मिनेटमै काठमाडौं फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकले जहाज काठमाडौं नै फर्काएका जानकारी दिए ।
चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो । जहाजलाई राति नै मर्मत गरेर ती यात्रुलाई आजै नारिता उडेको छ ।

प्रतिक्रिया