दोलखामा कांग्रेसलाई टिकट दिँदा एमालेलाई हराउन जति सजिलो छ अरुलाई गाह्रो छः खड्का



काठमाडौं । नेपाली कांग्रेस दोलखाका नेता रुद्र खड्काले दोलखामा नेकपा एमालेलाई पराजित गर्न कांग्रेसलाई टिकट दिनुपर्ने बताएका छन् । न्यूज नेपाल टेलिभिजनको कार्यक्रम संवादमा कुरा गर्दै खड्काले एमालेलाई पराजित गर्न कांग्रेसलाई नै टिकट दिनुपर्ने बताएका हुन् ।

उनले गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँट गर्दा दोलखाको भाग कांग्रेसलाई छुट्याउन आग्रह गरे । त्यसैगरी उनले दोलखाको उम्मेदवारको लागि दाबी गर्ने धेरै कारण रहेको बताए ।

उनले पूर्व पार्टी सभापति उद्धव काफ्लेपछि जिवित नेता म नै हो दोस्रो नम्बरमा रहेको बताए । उनले मागेर राजनीति गर्न हुँदैन भन्ने मान्यता आफूमा रहेको बताए ।

खड्काले भने,‘भएका उम्मेदवार मध्येमा म अब्बल हुँ । धेरै पैसावाल साथीहरु पनि हुनुहुन्छ । तर मेरो र उहाँहरुको ग्राउण्डमा आकाश र जमीनबीच फरक छ ।’ उनले एमालेले गफ शिवाय केही नदिएकाले यसपटक एमाले पराजित हुने दाबी गरे ।

गठबन्धन दलका नेताहरुलाई उनको सुझाव छ,‘म गठबन्धनका नेताहरुलाई आग्रह गर्छु, अनुरोध गर्छु । संघमा कांग्रेसलाई टिकटदिनुस् । सोच्नुस् एकपटक जसरी कांग्रेसलाई टिकट दिँदा एमालेलाई हराउन जति सजिलो छ अरुलाई गाह्रो छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फुङ्लिङ बजारबाट अब सात घण्टामै चीनको सीमावर्ती ओलाङचुङगोला पुग्न सकिने

फुङ्लिङ। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको ओलाङचुङगोला पुग्न सकिने

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

बाटो निर्माणमा अनियमितता गरेको भन्दै इन्जिनियरसहित सात जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय