शाखा अधिकृतको परीक्षा असोज २८ देखि कात्तिक १ गतेसम्म हुने



काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि उक्त विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि स्थगित गरिएको परीक्षा कार्यक्रम मंगलबार पुनः सार्वजनिक गरिएको हो ।

रोकिएका परीक्षाहरू असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । सूचनाअनुसार शासन प्रणाली विषयको सबै सेवा समूहको द्वितीय पत्र असोज २८ गते, समसामयिक विषयको तृतीय पत्र असोज २९ गते र सेवा समूहसम्बन्धी चतुर्थ पत्रको परीक्षा असोज ३० गते सञ्चालन गरिने छ ।

लोक सेवाले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन गरेपछि त्यसविरुद्ध परेको रिट सर्वोच्चले भदौ ७ गते खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चन्द्रनगरमा दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

सर्लाही । सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको

सुरु भयो सेतो मछिन्द्रनाथको रथयात्रा(फोटोफिचर)

काठमाडौं । सेतो मछिन्द्रनाथको रथयात्रा शुरु भएको छ । शनिबारदेखि मत्स्येन्द्र बहालदेखि शुरु

रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि….

गण्डकी । कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा

गुल्मीको तम्घास-रिडी सडक एक महिना बन्द हुने

गुल्मी ।  मदन भण्डारी राजमार्गअन्तर्गत निर्माणाधीन गुल्मीको तम्घास–रिडी सडक एक महिनासम्म बन्द हुने