डेढ अर्ब विगो माग गरेका क्रिप्टो कारोबार आरोपी अमित श्रेष्ठसँग १५ लाख धरौटीमा माग



काठमाडौं । क्रिप्टो कारोबार आरोपी विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा राख्ने आदेश उल्ट्याउँदै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

पाटन उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरण पोखरेलको संयुक्त इजलासले १५ धरौटीमा छाड्न आदेश दिएको हो । श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसरले ४६ करोड रुपैयाँ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको भन्दै श्रेष्ठ विरुद्ध बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको थियो । ४८ करोडको तीन गुणा करिब डेढ अर्ब हुन्छ।

डेढ अर्ब बिगो मागदाबी भएका श्रेष्ठ १५ लाखमै छुटेका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९

विपद्का विषयमा राजनीतिकरण हुनुहुँदैन, मिलेर काम गर्नुपर्छ : गृहमन्त्री लेखक

धुलिखेल । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट पीडित भएको बेलामा पक्ष विपक्ष, राजनीति र