राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा भाग लिई आइजीपी सिंह स्वदेश फिर्ता



काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा १५ देखि १७ भदौसम्म सञ्चालन भएको संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको सम्मेलनमा सहभागी भएर महरानिरीक्षक सिंह शनिबार बेलुका स्वदेश फर्किएका हुन् ।

प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरे ।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसंघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र ‘शान्ति स्थापनाका लागि कार्य’ को कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको जानकारी दिए ।

उनले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको बताए । महानिरीक्षक सिंह भदौ १३ गते अमेरिका गएका थिए।

महानिरीक्षक सिंहसँगै सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटासमेत टोलीमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल बारको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

  काठमाडौँ । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा पाँचजनाको

त्रिपिटक वाचन चलिरहेको बेला लुम्बिनीमा शनिबार राति चार हजार दीप प्रज्वलन गरिने

लुम्बिनी । बुद्धको जन्मस्थल लुम्बिनीमा चार हजार दीप प्रज्वलन गरिने भएको छ। पाँच

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

एआईजी भट्टराईलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । बुधबार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका जनक भट्टराईसहित १५ जना