बिनाटिकट पर्यटकलाई बौद्ध क्षेत्र प्रवेश गराउनेमाथि कारबाही गरिने



काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र आउने पर्यटकलाई बिना टिकट प्रवेश गराउने पथप्रदर्शक र होटल व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने भएको छ ।

पथप्रदर्शक र होटल व्यवसायीको मिलेमतोमा बिनाटिकट पर्यटक छिराएको तथ्य फेला परेपछि बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहीको दायरामा ल्याउन लागेको हो । कारबाहीका लागि पहिलो चरणमा चुच्चेपाटीबाट जोरपाटी क्षेत्रमा रहेका होटलको सूची तयार पार्न थालिएको समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले जानकारी दिए ।

समितिको टिकट काउन्टर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने गरेको छ । होटलमा आउने पर्यटक ५ बजे आएर राति बस्ने बिहान बौद्धनाथ क्षेत्रमा छिर्दा टिकट नलिने गरेको पाइएको समितिले जनाएको छ ।

होटल व्यवसायी, पथप्रदर्शक र टिकट काउन्टरमा खटिने कर्मचारीको मिलेमतोमा समेत टिकट नलिएका पर्यटकलाई बौद्धनाथ क्षेत्रमा प्रवेश गराउने गरिएको छ ।

होटल, पथप्रदर्शक र टिकट काउन्टरका कर्मचारीको निगरानी गरी सुरक्षाकर्मीले जाँच गरेका बेला पर्यटकसँग टिकट माग्दा नपाएमा पथप्रदर्शक र पर्यटक बस्ने होटललाई कारबाहीको दायरामा ल्याउनका लागि पहिलो चरणमा होटल व्यवसयायीसँग समितिले छलफलसमेत गरेको छ ।

समितिले सार्क मुलुकका पर्यटकसँग रु एक सय र सार्क बाहिरका पर्यटकसँग चार सय शुल्क लिने गरेको छ । बौद्ध क्षेत्रमा मासिक हजारौँ पर्यटक अवलोकनका लागि आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,