काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उमेदवारी मनोनयन दर्ता भएको छ । सबै समितिमा एक एक जनाको मात्र उमेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् । बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उमेदवारी दिएका छन् । उनको प्रस्तावकमा महेश कुमार महरा र समर्थकमा जगप्रसाद शर्मा रहेका छन् ।
त्यस्तै, विधायन व्यस्थापन समितिमा बेदुराम भुषालले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा अनिता देवकोटा र समर्थकमा देवेन्द्र दाहाल रहेका छन् । प्रत्यायोजित व्यस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।
उनको प्रस्तावकमा कुमारी शाह र समर्थकमा युवराज शर्मा रहेका छन् । त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुनः दिलकुमारी रावलले उमेदवारी दिएकी छन् ।
उनको प्रस्तावकमा गोपीबहादुर सार्की अछामी र समर्थकमा दुर्गा गुरुङ रहेका राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिए । चार समितिमध्ये विधायन नेकपा (एकीकृत समाजवादी), दिगो विकास कांग्रेस, प्रत्यायोजित व्यवस्थापन माओवादी केन्द्र र राष्ट्रिय सरोकार समिति नेकपा (एमाले)ले लिएका छन् ।

प्रतिक्रिया