१० दिनभित्र कर बुझाउन १७ संस्थालाई महानगरको अल्टिमेटम



काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १७ वटा संस्थालाई कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाको राजस्व विभागले मंगलबार १७ वटा विभिन्न संस्थालाई पत्र लेख्दै कर बुझाउन दस दिने अल्टिमेटम दिएको हो ।

सम्पत्ति कर नबुझाएको भन्दै महानगरले पटक/पटक ताकेता गर्दा पनि कर नबुझाएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए । उनका अनुसार पत्र प्रप्त भएको दस दिनभित्र विवरणसहित सम्बन्धित वडा कार्यालयमा कर बुझाउन ताकेता गरिएको हो ।

महानगरले खाद्य संस्थान, थापाथली, हाइट फिल स्कूल–नयाँबजार, रञ्जना ट्रेड सेन्टर– न्युरोड, साझा भण्डार–भोटाहिटी, राष्ट्रिय नाचघर–जमल, चेम्बर अफ कमर्स–जमल, कर्मचारी सञ्चय कोष–ठमेल, नेपाल विद्युत प्राधिकरण– रत्नपार्क र नेसनल ट्रेडिङ लिमिटेड–सिंहदरबारलाई पत्र लेखेको हो ।

यस्तै, महानगरले नेपाली जामे मस्जिद–बागबजार, कृषि सामग्री संस्थान–टेकु, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल–स्वयम्भू, आरबि कम्प्लेक्स–न्युरोड, काठमाडौं प्लाजा–पुतलीसडक, नेपाल सेयर मार्केट–पुतलीसडक, सिविक हस्पिटल प्रा.लि र डेन्टल कलेज–सामाखुसीलाई पनि पत्र लेखेको छ।

यी संस्थाले कर नबुझाए महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय

रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनीका रन्जित गुरुङको मृत्यु

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

असार १६ गतेदेखि चितवन राष्ट्रिय निकुञ्जमा सफारी बन्द हुने

चितवन । वर्षा लागेसँगै चितवन राष्ट्रिय निकुञ्जमा असार १६ गतेदेखि सफारी बन्द हुने