काठमाडौं । संसदको महाभियोग सिफारिस समितिले आइतबार तेस्रो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिएको छ ।
समितिले आइतबार जबरालाई पाँच वटा प्रश्न सोधेको थियो । सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा जबराको इजलासले गरेको फैसलाबारे पनि सोधिएको थियो ।
त्यसक्रममा जबराले आफूले विवेक प्रयोग गरेको जवाफ दिएका थिए । उनले आफूले कोइरालाको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको बताए ।
उनले भने,‘मैले विवेक प्रयोग गरें । यदि त्यही मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने मेरो भन्नु केही छैन ।’ जबराले पहिलो दिनको बयानमा न्यायाधीध, नेता र कानुन व्यवसायीमाथि आरोप लगाएका थिए भने दोस्रो दिन महाभियोग सिफारिस समितिमाथि नै प्रश्न उठाएका थिए । समितिले राणालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको छ । समितिको अर्को बैठक आगामी २६ गते बस्नेछ ।

प्रतिक्रिया