कोइरालाले कास्की–२ बाट कांग्रेसकोतर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने


काठमाडौं । सिरोज विजय कोइरालाले कास्की क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीका लागि निवेदन दिएका छन् । उनले प्रतिवद्धतापत्र जारी गर्दै कांग्रेसको अंगीकार गरेको प्रजातान्त्रिक समाजवाद नै सर्वोत्कृष्ट रहेको भन्दै यसप्रति आफ्नो अटल विश्वास रहेको उल्लेख गरेका छन् ।

कोइरालाले चीन र भारतको विकासको गतिलाई नेपालको विकास र समृद्धिमा लगाउन आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।