सरकारसँग वार्ता गर्न विद्यालय कर्मचारी परिषदद्वारा सात सदस्यीय समिति गठन



काठमाडौं । आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकारसँग वार्ता गर्न सात सदस्यीय समिति गठन गरेको छ । परिषद् अध्यक्ष गंगाराम तिवारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा महासचिव शान्तिनाथ योगी, वरिष्ठ उपाध्यक्षद्वय प्रदिप श्रेष्ठ, लक्ष्मण भट्ट, उपाध्यक्ष रामप्रकाश कुमाई, उप–महासचिव प्रेबबहादुर खत्री र आन्दोलन परिचालन समितिका संयोजक बबन कुमार मिश्र रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार पत्र पठाउँदै वार्ताका लागि आह्वान गरेको थियो ।

मन्त्रालयको आह्वानसँगै परिषद्ले वार्ताका लागि समिति गठन गरेको हो । वार्ता टोली अहिले शिक्षा मन्त्रालयमा रहेको परिषद् अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए । मन्त्रालयको तर्फबाट पनि वार्ता टोली गठन गरेर परिषद्ले उठाएका मागका विषयमा छलफल हुनेछ । वार्ता निष्कर्षमा नपुग्दासम्म पुर्वनिर्धारित आन्दोलनका कार्यक्रम नरोकिने अध्यक्ष तिवारीले बताए ।

भदौ एक गतेदेखि आन्दोलन गर्दै आएका विद्यालयका कार्यालय सहयोगी र लेखापालहरूले आइतबारदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएका थिए । पहिलो दिन देशभरका ८० प्रतिशत भन्दा बढी सामुदायिक विद्यालयहरू बन्द रहेको अध्यक्ष तिवारीले बताए ।

शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीले उठाएका मागका विषयमा नेपाल शिक्षक महासंघमार्फत छलफल तथा वार्तामा सहभागी हुन अनुरोध गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि

  कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगरका सभापति अच्युतराज कलौनीको आइतबार हिन्दू

पदोन्नती भएका ३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । बढुवा भएका ३७ प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी  चिन्ह दिइएको छ । हालै

सट्टेबाजीमार्फत तीन अर्ब भन्दाबढी करोबारमा संलग्न २४ जना पक्राउ

काठमाडौँ । ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा

टिपरको ठक्करबाट तनहुँमा आमाको मृत्यु, छोरा घाइते

  तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा