प्रदीप गिरीलाई श्रद्धाञ्जलि दिन नेता र सर्वसाधारणसम्म(फोटोफिचर)


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिलाई श्रद्धाञ्जली दिन पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको पार्टी कार्यालयमा भीड लागेको थियो ।

नेता गिरीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न पूर्वराष्ट्रपति रामवरण यादव, नेता शेखर कोइराला, शहरी विकासमन्त्री मेटमणि चौधरी, गृहमन्त्री बालकृष्ण खाँण लगायत अन्य नेता र सर्वसाधारणको भिड लागेको थियो ।

पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाउँदै गिरीप्रति श्रद्धाञ्जली र सम्मान अपर्ण गरेका हुन् । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति निधन भएको थियो ।