राष्ट्रपतिले पाटन पुगेर गरिन् श्रीकृष्णको पूजाअर्चना



ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन्।

प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ। सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन्। सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको उक्त मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो। त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको संस्कृतिविद्हरुको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए

वासुदेव पौडेल, गण्डकी । पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य

कर्णालीमा ५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

कर्णाली । कर्णाली प्रदेशबाट यो वर्ष दसैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा

च्याङग्रा किन्ने हो ? यस्ता छन् बिक्रीका लागी पोखरामा राखिएका च्याङग्रा

पोखराको सिमपानीमा बिक्रीका लागी राखिएका च्याङग्राहरु । पोखराको सिमपानीमा च्याङ्ग्रा खरिद गर्न सर्वसाधारणको

दसैँ–तिहारसँगै फेवा तालमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो

पोखरा । वर्षायाम सकिएसँगै फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन् । आन्तरिक