नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्ने सत्ता गठबन्धनमा सहमति


काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकतासम्बन्धी विधेयक जस्ताको त्यस्तै अघि बढाउने निर्णय गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले विधेयक हुबहु अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट फिर्ता भएको विधेयक पुनः जस्ताको त्यस्तै संसदमा प्रस्तुत गर्ने र पारित गरेर राष्ट्रपति कहाँ पठाउने सहमति भएको जानकारी दिए ।

संसद्बाट बहुमतले पारित गरेर प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामै फिर्ता पठाइएकी थिइन् । राष्ट्रपतिले फिर्ता पठाएको विधेयक मंगलबार संसद बैठकमा पेस भइसकेको छ ।