रुपन्देहीमा लुटेरा समूहको गोली प्रहारबाट एक युवक घाइते



बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्रब ४ बसन्तपुरमा लुटेरा समुहको गोली प्रहारबाट एकजना युवक घाइते भएका छन् । रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धार्थ कटेजमा लुटेर भाग्दै गरेको उक्त समुहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने विकास गुरुङ घाइते भएका प्रहरीले जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरि भाग्दै गरेको अवस्थामा बसन्तपुर वडा कार्यालय अगाडी जम्का भेट भएपछि गुरुङमाथि गोली प्रहार गरेको थियो।

रुपन्देही प्रहरीका अनुसार घाइते गुरुङले मोटरसाइकलमा भाग्दै गरेका ३ जना लुटेराहरुको समुहलाई पछ्याउँदै गएर ओभरटेयाक गर्दा आफूमाथी गोली प्रहार भएको बताएका छन् ।

बायाँ कोखमा गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दीपक कुँवरले बताए। लुटेराहरुको सो समुहले कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताइएको छ। उक्त समुहको खोजिमा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको