आगामी निर्वाचनका लागि ४० दल दर्ता



काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकीकृत समाजवादी लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमितरुपमा सम्पादन हुने जनाइएको छ ।

यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ । आज शनिबार पनि दल दर्ता गर्ने क्रम चलिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धवलागिरि आरोहणका लागि पर्यटक आउन सुरु

  म्याग्दी । म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन्

आयोगद्वारा वरिष्ठ पत्रकार रिसाललाई सम्मान

  काठमाडौँ ।   राष्ट्रिय समावेशी आयोगले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री रामकुमार श्रेष्ठ दोषी ठहर, ६ महिना कैद र ९८ लाख जरिवाना

काठमाडौँ । पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सोमबार

जनकपुरमा राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । देश र