अघिल्लो निर्वाचनको मतपरिणामलाई आधार बनाएर सत्ता गठबन्धनले सिट बाँडफाँट गर्ने



काठमाडौं । सत्ता गठबन्धन दलहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको पहिलो आधार अघिल्ला निर्वाचनहरुमा प्राप्त मतलाई बनाउन सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कार्यदलको बैठकमा २०७४ सालको आमनिर्वाचन र गत वैशाखको स्थानीय तह निर्वाचनमा दलहरुले प्राप्त गरेको मतलाई आधार बनाएर सिट बाँडफाँट गर्न सहमत भएका हुन् ।

बैठकपछि माओवादी केन्द्रका नेता देव गुरुङले सिट बाँडफाँटको मोडालिटीबारे कार्यदलमा सकारात्मक छलफल भएको जानकारी दिए । उनले आजको बैठकमा भएको छलफलको विषयमा सबैले आ–आफ्ना पार्टीमा कुरा राख्ने र पुनः बैठक बसेर निर्णयमा पुर्याउने बताए ।

उनले भने, ‘पाँच दलको बीचमा आउँदो निर्वाचनमा सहमतिका साथ तालमेल मिलाएर गठबन्धनकै प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्ने स्प्रिटमै कुरा बढेको छ । सहमतिको मोडालिटीको तयार गर्ने प्रक्रियामा आज छलफल भएको छ । आज सहमतिको मोडालिटी तयार गर्ने क्रममा सकारात्मक दिशातर्फ गएको छ । सैद्धान्तिक मान्यताहरुको सन्दर्भमा सहमतिको नजिक पुगेको छ । त्यसलाई प्राक्टिसमा कहाँ कति मेल खान्छ, खाँदैन भन्ने कुरा आ–आफ्ना दलभित्र पनि अलिकति वर्कआउट गरेर आउँदो बैठकमा टुंग्याउनुपर्छ भन्ने कुरा भएको छ । आजको छलफलमा मोडालिटी तयार गर्ने कुरामा, सिद्धान्त तयार गर्ने कुरामा मोटामोटी सैद्धान्तिक रुपले सहमतिको नजिक पुग्न खोजेको छ । सदनमा उपस्थितिको आकार छ, प्रत्यक्ष र समानुपातिकतर्फ । समानुपातिक तर्फपनि विगतकालमा आएका सिटहरुकै आधारमा उपस्थिति भएको अवस्था छ । प्रत्यक्ष पनि त्यही रुपमा छ । त्यसैको सेरोफेरोमा सहमतिको मोडालिटी खोज्दै जानुपर्छ भन्ने प्रकारको कुराहरु भएको छ । आजको बसाईमा सैद्धान्तिक रुपले सहमतिको नजिक पुगेको छ ।’

आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल गर्ने सहमति भएपछि सिट बाँडफाँटका गर्नका लागि ११ सदस्यीय कार्यदल बनाइएको थियो। कार्यदललाई भदौ पहिलो साताभित्र सिट बाँडफाँटको मोडालिटी पेश गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ