पेट्रोलियम ढुवानी व्यवसायीले गरे फेरि आन्दोलन घोषणा



काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनको घोषणा गरेका छन् । ढुवानीकर्ताको माग अनुसार भाडा वृद्धि गर्ने सरकार र व्यवसायीबीचको सहमति कार्यान्वयन नभएपछि आन्दोलनको घोषणा गरिएको हो ।

पेट्रोलियम ढुवानी क्षेत्रमा रहेका विभिन्न समस्याहरु समाधानको लागि नेपाल आयल निगम समक्ष पटक/पटक माग पेश गरेपनि सम्बोधन नभएको नेपाल पेट्रोलीयम ढुवानी व्यवसायी संघले जनाएको छ ।

भदौ १ गतेसम्म भाडा वृद्धि नगरिए २ गते देखि यथास्थीतिमा पेट्रोलियम ढुवानी गर्न नसकिने संघले चेतावनी दिएको छ । हालको ढुवानी भाडाबाट ट्याङकर सञ्चालन गर्न नसकिने महासंघको निष्कर्ष छ । यदि आयल निगमले सञ्चालन गर्न चाहेमा ट्याङ्कर उपलब्ध गराउने समेत महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।