काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीन गएका हुन्। हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइटमा भ्रमण टोली चीन प्रस्थान गरेको हो ।
भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयक सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल रहेका छन् ।
त्यस्तै चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, बेइजिङस्थित नेपाली दूतावासका उपप्रमुख कौशल किशोर रायसमेत भ्रमण टोलीमा रहेका छन् । त्यस्तै गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्र मन्त्रालयकी उपसचिवद्वय शिवानी बस्नेत र ललिता सिलवाल, परराष्ट्र मन्त्रालयकै शाखा अधिकृत बलिरामप्रसाद धामी, भुवन पौडेल र नायब सुब्बा तुलसी प्रसाद कोइराला भ्रमण टोलीमा रहेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षीसँग भेटवार्ता गर्नेछन्। चिनियाँ विदेश मन्त्री यीले परराष्ट्रमन्त्री खड्काको सम्मानमा भोजको आयोजना गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया