फोहर व्यवस्थापनमा बालेनको ढंग नपुगेको कुरा प्रष्टिँदै छ



रञ्जनकुमार दाहाल। 
सायद यति धेरै फोहरको समस्या कहिल्यै देखेको थिइनँ । अचम्म त फोहर व्यवस्थापन नगर्न सत्ता साझेदार दलकै कार्यकर्ताहरु नै फुर्ति लगाउदै लागेको देखिन्छ । तुक न बुक को काम मा दशौं करोड छुट्याइएको पाइन्छ तर फोहर व्यवस्थापन कसैको प्राथमिकतामा पर्दैन । बन्चरे डाँडामा त्यत्रो खर्च गरेर व्यवस्थापन गर्ने योजना र निर्माणपछि फोहर पीडित स्थानीयको जायज मागहरु समयमै व्यवस्थित हुनुपर्ने थियो । तर त्यो हुन दिएनन् । अहिले आफू नै काठमाडौंको घरमा फोहर गर्छन् अनि आफैं गएर फोहर फाल्न दिन्न भन्छन् ।

आफैं फोहर गरेर आफैं फोहर फाल्न दिन्न भन्ने राजनैतिक चरित्रले यो समस्या कहिल्यै समाधान हुन दिँदैन । फोहरको कारण स्थानीय पीडितहरुको समस्या त झन् यी धमिराहरुले कहिल्यै समाधान हुन दिदै दिँदैनन् । ति दुःख पाएकाहरु त यिनीहरुको “तुरुपको एक्का“ बनेका छन् । काठमाडौंलाई र स्थानीयलाई उल्लू बनाउँदै राजनीति गर्नेहरु यो फोहरको पहाडबाट प्रष्टै देखिन्छ। तर, कोही पनि महान नेताहरु फोहरले छेकेका ति आफ्ना कार्यकर्ता देख्दैनन् । चाहने हो भने फोहरको समस्या क्षणभरमै समाप्त हुने कुरामा कुनै शका छैन । तर ‘त्यो’ हुँदैन ।

यता, महिनाको एक चोटी महानगरमा कम्पनीले फोहर उठाएर लैजान्छ, भोलिपल्ट ५०० रुपैयाँ उठाउँछ । अनि फेरि एक महिना गायब । काठमाडौं महानगरपालिका भित्र को १,५०,००० घर मध्ये ७० प्रतिशत मात्रले मासिक फोहर शुल्क तिरे पनि महिनाको ५ करोड २५ लाख र वार्षिक ६३ करोड उठाउने गरिएको देखिन्छ ।

काठमाडौंको फोहर गज्जबको फोहर राजनीति दाउपेच र गज्जबको फोहर अर्थशास्त्रमा अल्झिएको छ भन्दा अत्युक्ति नहोला । अनि हाम्रा गायक र इन्जिनियर मेयरबाबुलाई यो फोहरको थुप्रो चढ्ने ढंग छैन भन्ने कुरा पनि प्रष्टिदै छ । उता, उपमेयर नानुलाई विद्या सुन्दरजी कै पाइला पछ्याउन पनि हम्मे पर्ला जस्तो छ । अत्यमाः हामी चाहिँ ‘काठमाडौं शहर, हेर्दा लाग्छ रहर, … गिद्दैगिद्दको शहर !’ भनौ र चित्त बुझाउँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो