काठमाडौं । चोलेन्द्र शमसेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ । आइतबार महाभियोग प्रस्तावबारे प्रतिनिधि सभामा छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको सिफारिस समितिमा पठाउने प्रस्तावलाई बहुमतले पास गरेको हो ।
जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो। नेकपा माओवादी केन्द्रका सचेतक देव गुरुङको नेतृत्वमा ९८ सांसदहरुले जबराविरुद्ध महाभियोग दर्ता गरेसँगै उनी निलम्बनमा परेका थिए। अब समितिले ३ महिनाभित्र जबरामाथि लागेको आरोपमा छानबिन गरेर प्रतिवेदन बुझाउनुपर्ने छ।

प्रतिक्रिया