विचार मिल्नेसँग चुनावी तालमेलः बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताएका छन् ।

शनिबारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताएका हुन् ।

उनले पार्टीको बैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको स्पष्ट पारे । उनले भने, ‘जसपाले संर्कीण एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्षहरु गर्यौं, बहसहरु गर्यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यहीँ पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रीय समितिको बिस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्यौ । तर जो मानिसहरु उही पुरानै बाटोमा हिँड्न अभ्यस्त थिए ।’

भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए । जनताका मुद्धालाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भीर छलफल गरी पार्टीको बैठकले आवश्यक निर्णय लिने बताए ।

उनले भने, ‘अव जहाँसम्म आगामी निर्वाचनको कुरा छ । अस्तीमा मात्रै निर्वाचन घोषणा भईसकेपछि धेरै मानिसहरुमा जिज्ञासा छ । अव यो नयाँ नेपाल समाजवादी पार्टीले निर्वाचनलाई के गर्छ ? भन्ने जहाँसम्म जिज्ञासा छ । मैले अघि पनि संकेत गरेँ–हामी सदन, सडक र सरकार अर्थात सडक संघर्ष, चुनावी संघर्ष र सरकारमा गएर पनि गरिने सुधारात्मक काम यी सबैको संयोजनबाट मात्रै हामीले अगाडि सारेको समावेशिता, संघीयता, सुशासन, समृद्धि समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने हाम्रो मान्यता छ । त्यस अनुरुप जुन हाम्रो आगामी निर्वाचन छ, यसबारेमा पनि हामीले यो बैठकमा गम्भीर छलफल गरेर यसलाई कसरी हामीले प्रयोग गर्ने यसको निम्ति हामी एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिहरुसँग सहकार्य गरेर हुन्छ, त्यसबारेमा पनि हामी गम्भिर विचार विमर्श गर्नेछौं । र, त्यसको आधारमा हामीले निष्कर्ष निकाल्नेछौं । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु–सहभागी साथीहरुलाई आश्वस्त पार्न चाहन्छु–हामीले नयाँ इतिहास कोर्ने जुन हिम्मत र साहस गरेको छौं । त्यो बाटो केही अप्ठ्यारो भएपनि अन्ततः विजय हाम्रै हुनेछ । किनकि जस्ले इतिहासको आवश्यक्तालाई बुझेर, त्यसका नियमहरुलाई बुझेर अग्रगामी परिवर्तनका साथ लाग्ने साहस गर्दछ । ढिलो वा छिटो जित उसैको हुन्छ । र, निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नुछ । र, जनताको मुद्धाहरुलाई, जनताका विषयबस्तुहरुलाई चुनावको क्रममा पनि महत्वपूर्ण ढंगले उठाउने प्रयत्न गर्नुछ । यी सबै विषयहरुमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौं ।’भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए ।

उनले भने, ‘अब जहाँसम्म आगामी निर्वाचनको कुरा छ । अस्तीमा मात्रै निर्वाचन घोषणा भईसकेपछि धेरै मानिसहरुमा जिज्ञासा छ । अव यो नयाँ नेपाल समाजवादी पार्टीले निर्वाचनलाई के गर्छ ? भन्ने जहाँसम्म जिज्ञासा छ । मैले अघि पनि संकेत गरेँ–हामी सदन, सडक र सरकार अर्थात सडक संघर्ष, चुनावी संघर्ष र सरकारमा गएर पनि गरिने सुधारात्मक काम यी सबैको संयोजनबाट मात्रै हामीले अगाडि सारेको समावेशिता, संघीयता, सुशासन, समृद्धि समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने हाम्रो मान्यता छ । त्यस अनुरुप जुन हाम्रो आगामी निर्वाचन छ, यसबारेमा पनि हामीले यो बैठकमा गम्भिर छलफल गरेर यसलाई कसरी हामीले प्रयोग गर्ने यसको निम्ति हामी एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिहरुसँग सहकार्य गरेर हुन्छ, त्यसबारेमा पनि हामी गम्भिर विचार विमर्श गर्नेछौं । र, त्यसको आधारमा हामीले निष्कर्ष निकाल्नेछौं । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु–सहभागी साथीहरुलाई आश्वस्त पार्न चाहन्छु–हामीले नयाँ इतिहास कोर्ने जुन हिम्मत र साहस गरेको छौं । त्यो बाटो केही अप्ठ्यारो भएपनि अन्ततः विजय हाम्रै हुनेछ । किनकी जसले इतिहासको आवश्यक्तालाई बुझेर, त्यसका नियमहरुलाई बुझेर अग्रगामी परिवर्तनका साथ लाग्ने साहस गर्दछ । ढिलो वा छिटो जित उसैको हुन्छ । र, निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नुछ । र, जनताको मुद्धाहरुलाई, जनताका विषयबस्तुहरुलाई चुनावको क्रममा पनि महत्वपूर्ण ढंगले उठाउने प्रयत्न गर्नुछ । यी सबै विषयहरुमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति