बैंकको ब्याजदर तत्काल नबढ्ने



काठमाडौं । नेपाल बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको संघको बैठकले ब्याजदर नबढाउने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु बढाएर बैंक ब्याजदर बढाउन प्रेरित गरेपनि बैंकरले आफ्नो पुरानो अडानलाई नै निरन्तरता दिने निर्णय गरेका छन् ।

बुधबार नयाँ नीतिगत दर लागू गर्दै राष्ट्र बैंकले निर्देशन जारी गरेको थियो। २६ वटै बैंकका प्रमुख कार्यकारी र प्रतिनिधिलाई डाकेर बसेको बैठकमा अहिलेकै दरलाई निरन्तरता दिने निर्णय भएको छ । यसो हुँदा संस्थागत निक्षेपको ब्याज घट्ने छ । अहिले साधारण मुद्दति निक्षेपको ब्याज दर ११.०३ प्रतिशत छ।

यसको एक प्रतिशत कम संस्थागतलाई दिनु पर्ने नियम थियो। यसो हुँदा संस्थागतले १०.०३ प्रतिशत ब्याज पाउँदै आएका थिए । बुधबारबाट राष्ट्र बैंकले २ प्रतिशत बिन्दु कम ब्याज दिनु पर्ने नीति लिएको छ। यसो हुँदा संस्थागतले ९.०३ प्रतिशत ब्याज पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात

गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम