आयोगको उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्नेलाई दुई वर्ष उम्मेदवार हुन रोक



कर्णाली । प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ ।

आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नम्बर ५८४–५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका–३ सल्यान स्थायी निवासी हिराराम रौलेका छोरा मास्टर आइडी १४०५७ र रोल ४४६६ का नवीनकुमार रेउलेलाई आयोगले दुई वर्षसम्म कुनै पनि परीक्षामा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो ।

आयोगको १६ गतेको बसेको बैठकले प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमको कसुरमा रेउलेलाई आगामी दुई वर्षसम्म हुने पदपूर्तिसम्बन्धी सबै विज्ञापनमा उम्मेदवार हुन नपाउने गरी रोक लगाइएको आयोगका प्रवक्ता बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

“परीक्षार्थी रेउलेले उक्त परीक्षा दिने क्रममा उत्तरपुस्तिकामा मोबाइल नम्बर लेखी फोन गर्न अनुरोध गरेको भेटियो”, प्रवक्ता खत्रीले भने, “सो कसुर भेटिएकोले प्रदेश लोकसेवा आयोग (कार्य सञ्चालन) निर्देशिका २०७८ को दर्फा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम उनको परीक्षा रद्द गर्नुका साथै दुई वर्षसम्म उम्मेदवार हुनबाट रोक लगाउने निर्णय भएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद

ललितपुर । बागमती गाउँपालिका–३ छपेलीबाट प्रहरीले भारतीय नम्बर प्लेटको एम्बुलेन्ससहित लागुऔषध बरामद गरेको

चैते दसैँमा देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि घुइँचो

काठमाडौँ । चैते दसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

संखुवासभा । सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मारे एक लाखसम्म जरिवाना गर्ने निर्णय

एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी