बजेट कार्यान्वयनका लागि लागिपर्ने अर्थमन्त्रीको प्रतिवद्धता



काठमाडौं । राजीनामा दिएको २५ दिनपछि जनार्दन शर्माले पुनः अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएपछि अर्थमन्त्री शर्माले मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।

पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री शर्माले विश्व अर्थतन्त्रमा समस्या देखिएकोले मुलुकको अर्थतन्त्र सवलिकरण गर्नु आवश्यकता रहेको बताए । उनले आत्मनिर्भर र उत्पादनमुखी बजेट ल्याएकाले बजेट कार्यान्वयन गरेर अर्थतन्त्र सवलिकरणका लागि आफू लागिपर्ने प्रतिवद्धता जनाए ।

मन्त्री शर्मालेगत आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएका कमी कमजोरीलार्ई समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिने समेत बताए । उनले मन्त्रालयका कर्मचारीहरुको सहकार्यमा मन्त्रालयको काम गर्ने बताए ।

उनले भने,‘ विश्व आर्थिक अवस्था विभिन्न युद्धका कारण अर्थतन्त्रमा समस्या रहेको छ । यस्तो अवस्थामा हाम्रो देशको अर्थतन्त्रलाई सवलिकरण गर्नुपर्ने आवश्यकता छ । सवलिकरणका लागि आयात प्रतिस्थापन, निर्यात वृद्धि तथा विदेशी मुद्राको सञ्चिति बढाउने दिशामा लैजाने हाम्रो विश्वास रहेको छ । त्यसलाई कार्यान्वयन गरेर नेपालको अर्थ व्यवस्थालाई सुदृढ गरेर लैजाने र आत्मनिर्भरको दिशातिर लैजाने प्रतिवद्धता जनाउन चाहन्छु ।’

मन्त्री शर्माले बजेट कार्यान्वयनका लागि कर्मचारी सबैले सहयोग गर्नेमा आफू विश्वस्त रहेकोसमेत बताए । मन्त्री शर्मा माथि १४ जेठमा बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो ।

त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए । तर, छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो । सफाइ पाएसँगै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आइतबार शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली कागजबाट मासिक १ लाख कमाउँछन् पासाङ शेर्पा

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका-६ स्थित छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

  काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको

हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नुपर्छ, ढुक्क भएर विद्युत् उत्पादनमा लाग्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात