एसईईको पूरक परीक्षा भदौ ११ र १२ गते



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आइतबार ग्रेडवृद्धि (पुरक) परीक्षा मिति तोकेको हो ।

सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्ने परीक्षार्थीहरुले बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि (पुरक) परीक्षामा दिन पाउनेछन् ।परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी भदौ ५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।

अन्तिम ग्रेडमा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडवृद्धि पुरक परीक्षामा सहभागी हुन पाउनेछन् । परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अछाममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

अछाम । अछाममा माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । जिल्लाको

राष्ट्रियसभा अध्यक्षद्वारा चार विधेयक प्रमाणित

  काठमाडौँ । राष्ट्रियसभामा उत्पत्ति भएका विभिन्न चार विधेयकलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले

वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

मुलुकमा १७ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिती

काठमाडौं । मुलुकमा सात महिनामा विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेको छ ।