बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । गुल्मीको मजुवाबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवा पाल्पामा दुर्घटना भएको छ ।
दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा परि घाइते भएका १७ जनाको उद्धार गरि अस्पताल पठाइएको वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए। बस सडकदेखि डेढसय मिटर तल झरेको पोखरेलले जानकारी दिए।

प्रतिक्रिया