काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि विभिन्न खतरा मडारिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा खनालले एसपीपी लिन्न भनेर मन्त्रीपरिषद्ले निर्णय गरिसकेपछि के कारणले पत्राचार गर्न रोकियो र देशको मन्त्रिपरिषद भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार छ ? भन्दै प्रश्न गरे ।
खनालले एसपीपीको बारेमा अमेरिकालाई पत्र तत्काल लेखेर जनताको भावनाको कदर गर्न आग्रह गरे । उनले भने, ‘यतिबेला हाम्रो देशमा धेरै समस्याहरु गम्भीर बन्दै गएका छन् । मुलुकको राष्ट्रियताका सामु अनेकप्रकारका खतरा मडारिरहेका छन् । हामीले एसपीपी लिन्नौँ भनेर भनिसकेको छ । सदनबाट नै भनेको छ । मन्त्रिपरिषद्ले पनि निर्णय गरेको छ । यो एक महिनाभन्दा बढी भइसकेको छ । हामीले चाँडो भन्दा चाँडो यो पत्र लैख्छौँ र रोक्छौँ भनेर सरकारले भनेको हो। तर अहिलेसम्म पनि त्यो पत्र लेख्न नसकिनु भनेको के कारणले लेख्न सकिएको छैन ? यो हाम्रो देशको क्याबिनेट भन्दा बाहिरतिर कतातिर कार्यकारी अधिकार ?’

प्रतिक्रिया